प्रहरी महानिरीक्षक खनाल भारत प्रस्थान

0
Shares

काठमाडौं,
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा हुने ‘सेनेरिजिड नेसनल रेस्पोन्स टु इमर्जीङ आइडी एण्ड टेरेरिस्ट थेरेस्ट’ विषयक १९औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभयो । उक्त सेमिनारमा सहभागी हुन प्रहरी महानिरीक्षक खनालसँग राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरुको प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जाने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेष्ण गर्न सहयोग पुग्ने छ ।

उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।