२ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटे गोपाल खड्का

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् । अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।