उपप्रधान तथा रक्षामन्त्रीद्वारा दीक्षान्त कवाजको निरीक्षण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सेवा दलद्वारा सञ्चालित सि.सं.१४ सिनियर डिभिजन र सि.सं.४५ जुनियर डिभिजन एनसीसी तालिममा नवलपरासीको हात्तीखोरस्थित श्री राष्ट्रिय सेवा दलबाट सहभागी क्याडेट छात्रछात्राहरुको चौथो चरणको सिनियर डिभिजन एनसीसी तालिमको दीक्षान्त कवाज निरीक्षण गर्नु भएको छ ।

अनुशासित, मर्यादित, संस्कारयुक्त नागरिक, सामाजिक दायित्व, राज्यका संस्थाहरु प्रति सम्मान, मुलुकप्रति समर्पित, राष्ट्रियताको लागि नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिको समयमा स्वयमसेवकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले देशभरका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरु सहभागी गराई तालीम सञ्चालन गर्दै आएको छ ।

सोही अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले क्याडेटहरुबाट हुने मोटिभेशनल ब्रिफिङ्ग तथा विभिन्न प्रदर्शनीहरुको अवलोकन, क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसापत्र प्रदान गर्नुको साथै क्याडेटहरुलाई सम्बोधन गर्नु भएको थियो ।