प्रहरी प्रवक्तालाई विद्यार्थीको प्रश्न: ‘कसरी रोक्न सकिन्छ हिंसा र बलात्कार ?’

0
Shares

मोतीरम तिमल्सिना, काभ्रे
‘प्रहरी प्रवक्ताज्यू, महिला र बालबालिकामाथि दिनानु दन भइरहेको हत्या, बलात्कार र हिंसा रोक्न तपाईंले के गर्नु हुन्छ रु’ –बनेपामा आयोजित एक कार्यक्रममा अपांग बालिकाले प्रश्न तेस्र्याइन्।

इलाका प्रहरी कार्यालय बनेपाको आयोजनामा समुदाय–प्रहरी साझेदारी नागरिक सुनुवाइ अन्तरक्रिया कार्यक्रममा विद्यार्थीले प्रहरी प्रवक्ता उत्तमराज सुवेदीलाई एकपछि अर्को प्रश्न गरेका थिए। पछिल्लो समय बालबालिका अपराधमा संलग्न हुँदै गएको र अपराधीको निशानामा पनि बालबालिका परेकाले हिंसा र अपराध रोक्न प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अगाडि सारेको प्रवक्ता सुवेदीले बताए। ज्ञानकुञ्जमा अध्ययनरत बालिकाले प्रहरीबाटै पनि असुरक्षित भएको महसुस हुँदा कहाँ उजुरी गर्ने रु प्रश्न सोधेकी थिइन्।

अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका बालबालिका, शिक्षक तथा अभिभावक, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिले समुदाय–प्रहरी साझेदारीबाट हुने गतिविधिका बारेमा चासो व्यक्त गरेका थिए। सरोकारवालाको चासोमा जवाफ दिँदै प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले नेपालमा पछिल्ला केही वर्ष पेसेबर अपराध न्यूनीकरण हुँदै गएकाले सामाजिक विकृतिको अपराध बढ्दै गएको बताए। बन्द, हड्ताल कम हुँदै गए पनि महिला हिंसा, बलात्कार, लागूऔषध प्रयोगजस्ता घटनामा बढोत्तरी भएको बताए।

१५ वर्षमुनिका ६४ प्रतिशत बालबालिका घर परिवार, शिक्षक, आफन्त र नातागोताबाट बलात्कारमा परेको उनले बताए। सामाजिक सञ्जालको दुरुपयोगबाट प्रेम, हत्या र आत्महत्याका घटना भइरहेको प्रवक्ता सुवेदीले बताए। मादक पदार्थ सेवनपछि आकस्मिक हुने घटनामा वृद्धि भएकाले प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट सबै क्षेत्रमा पुगी यस्ता अपराध न्यूनीकरण प्रयास शुरू गरेको उनले बताए। चोरी, लागूऔषध, हत्याजस्ता घटनामा पनि १६ वर्षमुनिका बालबालिकाहरू सहभागी भएका छन्।

‘बालबालिकालाई पीडित र पीडक हुनबाट बचाउनुपर्छ’, प्रवक्ता सुवेदीले भने– ‘विद्यालय तहमा यससम्बन्धी पाठ्यक्रम नै तयार गरिएको छ।’ अडियो, भिडियो तथा पाठ्यसामग्रीको माध्यमबाट बालबालिका गलत बाटोमा नदिन सचेत गराइनेछ। अभिभावकको हेलचेक्र्याइँबाट बालबालिकाहरू जोखिममा पर्ने गरेको प्रहरी अध्ययनले देखाएको उनले बताए। अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्का, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरन्जन भट्टराईलगायतले प्रहरी–समुदाय साझेदारी कार्यक्रम प्रभावकारी हुनुपर्ने बताएका थिए।

जिल्लामा १३ वटा स्थानीय तहमा समुदाय प्रहरी समिति गठन भइसकेका छन्। ७९ वडा समिति, १ सय वटा टोल समिति, १ सय ५६ वटा विद्यालय समिति गठन भइसकेको प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। देशभर १४ हजार समिति गठन भएको प्रहरी प्रवक्ता सुवेदीले बताए। २० वटा विद्यालयमा १ हजार ५ सय विद्यार्थीलाई समुदायमा प्रहरीको महŒव र साइबर क्राइम तथा अपराध न्यूनीकरणसम्बन्धी कक्षा लिइएको उनले बताए। कार्यक्रम समुदायमा प्रहरी साझेदारी बनेपाका संयोजक तथा बनेपा नगर प्रमुख लक्ष्मी नरसिं बादेको सभापतित्वमा सम्पन्न भएको थियो।