ढेड लाख नक्कली नोट बरामद

0
Shares

 

काठमाडौ (नेस) । टोखा नगरपालिका–१० गणेशस्थानबाट नक्कली नेपाली रुपैंया १ हजार दरका १ सय ५२ थान शनिबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो ।

फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।