विद्युत प्रशारण लाईन जोडियो

0
Shares

विमल विष्ट, डोटी
वर्षौ देखि विद्युत नहुँदा अन्धकारमा रहेको जिल्लाको सायल गाउँपालिका वडा नं. ४ लाई राष्ट्रिय विद्युत प्रशारण लाईनमा जोडिएको छ । सायल गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष टिका सिंहका अनुसार राष्ट्रिय विद्युत प्रशारणमा जोडिए सँगै सो वडामा ८० वटा विद्युत मिटर बितरण गरिएका छन् । वडा नं. ४ का १ सय भन्दा बढी घरले बिजुली बाल्न शुरु गरे पछि गाउँपालिका अध्यक्ष तेज डुम्रेलले एक समारोहकाबीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा गाउपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले यसै वर्ष भित्र सायल गाउपालिकाका सबै वडामा विद्युत लाईन बिस्तार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो प्राथमिकतामा विद्युत लाईन बिस्तार पनि हो, छिट्टै सबै वडाहरुमा विद्युत वालिने छ ।’वडान. ४ का वडाअध्यक्ष टिका सिंहले मतदाताहरु संग गरिएको वाचा अनुरुप नै विद्युत विस्तारको काम अगाढी बढाईएको बताउनुभयो ।

आफनो वडामा बिद्युत पुगेपछि स्थानीयबासीहरु निकै खुशी भएका छन् । यस भन्दा पहिला त्यहाँका स्थानीयवासी सोलार तथा टुकिको भरमा विद्युत बत्तीको काम चलाउदै आएको स्थानीयबासी रमेशबहादुर सिंहले बताउनुभयो ।