प्रभु बैंकको नयाँ शाखा


काठमाडौं(नेस)
प्रभु बैंक लि.ले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आईतबार देखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पु¥याउने क्रममा सो शाखा स्थापना गरिएको हो ।नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहकाबीच दुर्गाशाखा कार्यालय उद्घाटन गर्नुभयो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारी, विभिन्न संघ संस्थाकाप्रतिनिधि,स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा गाउँपालिकााक अध्यक्ष बिष्टले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने बताउनुभयो ।