पीआरसीको एक दशकः सीमाबाट एक हजार बढीको उद्धार, बेचविखनविरुद्ध ४८ मुद्धा दर्ता

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।
मानव बेचविखन विरुद्ध कपिलवस्तुको कृष्णनगरमा सीमा निगरानी गर्दै आएको शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले एक दशकमा एक हजार ५६ युवतीको उद्धार गरेको छ । पीआरसीले ९वर्ष ६ महिनामा ती युवतीहरुको उद्धार गरेको हो । उद्धार गरिएकामध्ये भारतबाट मात्र ६५ युवतीको उद्धार गरेको संस्थाका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

उद्धार गरिएकामध्ये ६सय ८१ जनालाई पीआसीले अभिभावक बोलाई जिम्मा लगाएको छ । यस्तै ३सय १७ जनालाई प्रहरीमार्फत अभिभावकलाई बुझाएको छ । यसका साथै संस्थाले २६ जना युवतीलाई अन्य संस्थाको जिम्मा लगाएको संयोजक भट्टराईले बताउनुभयो ।
यसैगरी शान्ति पुनस्र्थापना गृहले एक दशकमा २३ हजार ६सय २५ युवतीलाई सीमा निगरानीका क्रममा बेचविखनसम्बन्धी परामर्श दिएको संयोजक भट्टराईले जनाउनुभयो ।

शान्ति पुनस्र्थापना गृह कपिलवस्तुले चालु आर्थिक वर्षको ६ महिनामा बेचविखनमा परेका ९७ जनालाई उद्धार गरेको छ । साउनदेखि पुष मसान्तसम्म भारतबाट ७ जनाको उद्धार गरिएको संस्थाको तथ्यांकमा उल्लेख छ । जसमध्ये ५४ जनालाई संस्था आफैंले परिवारको जिम्मा लगाएको छ भने ४१ जनालाई प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको जनाएको छ । २ जनलाई अन्य संस्थामा पठाइएको पीआरसी संयोजक भट्टराईले जनाउनुभयो । संस्थाले चालु वर्षको ६ महिनामा १हजार ५सय ५९ जनालाई परामर्श दिएको जनाएको छ ।

शान्ति पुनस्र्थापना गृहले २०६४ यता भारत लगायत तेस्रो मुलुकबाट बेचबिखनमा परेकाहरुलाई उद्धार गरेको छ । मानव बेचबिखन विरुद्ध कपिलवस्तुको कृष्णनगरमा सीमा निगरानी गर्दै आएको पीआसीले ९ बर्षमा ९सय ५९ युवतीकोउद्धार गरेको छ । भने ९ बर्षमा २२ हजार ६६ जनालाई परामर्श दिएको जनाएको छ ।

विभिन्न प्रलोभनमा परी भारततर्फ जान लागेकाहरुलाई परामर्श दिँदै आएको पीआसी कपिलवस्तुका संयोजक भूमिराज भट्टराइले बताउनुभयो । उद्धारपछि ६सय २७ जनालाई परिवारको जिम्मा लगाएको भट्टराईले जनाउनुभयो ।

यस्तै २सय ७५ युवतीलाई प्रहरीको जिम्मामा अभिभावकसँग सम्पर्क गराएको छ । उद्धार गरिएकामध्ये संस्थाले भारतबाट मात्र ५८ जनालाई उद्धार गर्न सफल भएको भट्टराईले जनाउनुभयो ।

पीआरसीले गत ९ वर्षमा मानव वेचविखन विरुद्ध ४७ वटा मुद्धा दर्ता गरेको छ । विभिन्न जिल्लामा मुद्धा दर्ता गराएको संस्थाले जनाएको छ । जसमध्ये ४४ वटा फछ्यौट भइसकेको छ । भने ३ वटा प्रक्रियामा रहेको भट्टराईले बताउनुभयो ।

बढ्दो बेरोजगारी, अशिक्षा र सामाजिक संजालको बढ्दो प्रयोगले युवतीहरु बेचविखनको उच्च जोखिममा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सूर्य बहादुर बोगटीले बताउनुभयो । सामाजिक संजालको चिनजान र विभिन्न प्रलोभनमा परी किशोर, किशोरी भारततर्फ जाने गरेको बोगटीले दर्साउनुभयो । परिवारले छोराछोरीमाथि निगरानी बढाउने, अपरिचित व्यक्तिसँग घुलमिल हुन नदिने हो भने केही हदसम्म बेचविखनमा कमी आउने उहाँको भनाई छ ।

पछिल्लो समय कृष्णनगर नाका हँुदै भारतको बाटो प्रयोग गरी तेस्रो मुलुक जाने महिलाहरुको संख्या बढेको संयोजक भट्टराईले बताउनुभयो । खर्च कम लाग्ने बहानामा भारतीय मार्ग प्रयोग गर्दै तेस्रो मुलुक जाने महिलाहरुलाई परामर्श पश्चात परिवारको जिम्मा लगाइएको भट्टराईले जनाउनुभयो । रातिको समयमा पनि निगरानी सुरु गरेपछि माघ महिनामा मात्रै २४ जनालाई बेचबिखनबाट रोक्न सफल भएको भट्टराईले बताउनुभयो । मानव बेचबिखनलाई रोकथाम गर्न गाउँटोलमै जनचेतनामूलक कार्यक्रम लैजानुपर्ने भट्टराईको धारणा छ ।

सरकारले पनि वेचविखन विरुद्ध स्थानीय स्तरमा नै चेतनामुलक कार्यक्रमहरु ल्याउनुपर्छ –उहाँले भन्नुभयो ।