‘‘यसपालिको हैजा केपी ओली लैजा’’

0
Shares

ललित सिंह, बझाङ ।
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल महिला संघ बझाङले आज शनिबार सदरमुकाम चैनपुरमा वर्तमान सरकारविरुद्ध विरोध ¥याली गरेको छ , । नेपाल महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । नेपाली जनताले भोग्नु परेको महंगी देशमा भएको भष्टाचार र अराजकतालाई हटाई निर्मला पन्तलाई न्याय दे भन्दै नेपाल महिला संघ बझाङले केपी सरकार विरुद्ध नारावाजीसहित विरोध सभा गरेको छ ।

नेपाली काँग्रसको पार्टी कार्यालयबाट दिउँसो १२ बजे निस्केको नेपाल महिला संघको विरोध जुलुसले वर्तमान सरकार विरुद्ध नारावाजी लगाउँदै वर्तमान सरकार भष्ट हत्यारा र जनतालाई ठग्ने सरकार भएकाले तुरुन्त राजीनामा दिनु पर्ने भन्दै सदरमुकाम चैनपुर बजार परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोण सभा गरेको थियो ।

‘‘यसपालिको हैजा केपी ओली लैजा’’ भन्ने मुल नाराका साथ , निर्मलाका बलात्कारी र हत्यारालाई कारवाही गर गाउँ शहर बस्तीमा विकासको प्रत्याभुतिm दे भन्दै महिला संघको विरोध जुलुस भएको थियो ।

देश कुराले हैन कामले बनाउन जान्नुपर्छ । दन्ते कथा सुनेर सुनाउने दिन गए । अहिले जनतालाई कुरा हैन काम चाहिएको छ । देश लाई डुवाई , आफु र आफु निकट व्यक्तिहरुलाई समृद्ध बनाउन खोज्ने हत्यारा सरकारले मानवताको धर्म भए राजीनामा दिनुपर्ने महिला संघ बझाङी अध्यक्ष बोहरा पुजाराले बताईन् ।

केपी ओली कुनै फिल्मको खलनायक हुन सम्म योग्य नभएको व्यतिm हुन उनलाई अहिले जनताको विकास भन्दा पनि उखान टुक्का र आफुलाई जनताको राजा ठानेका छन । नेपाली जनताले विकास गर्ने दिएको दुई तिहाई बहुमतको उनले दुरुपयोग गरेको आरोप नेपाल महिला संघ बझाङकी अध्यक्ष वोहरा पुजाराले बोल्दै भनिन्– ‘निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ ।’

उनले ओलीलाई गाडिको सहचालकको संज्ञा दिँदै भनिन्– अब देशमा ठुलो रक्तmपात हुने र त्यसको जिम्मा ओली सरकारले लिनु र्पछ । कार्यक्रममा नेपाल महिला संघमा आवद्ध महिलाहरु तथा विभिन्न भातृ संगठनहरुको र कांग्रेसका नेता गणहरुको ठुलो सहभागीता रहेको थियो ।