हिमपातसंगै हावा हुरीले एक दर्जन विद्यालयको छाना उडायो

0
Shares

अर्जुन बोहरा, सिमकोट ।
हुम्लामा भारि हिमपात संगै चलेको तिव्र हावाहुरीले एक दर्जन भन्दा बढि विद्यालयहरुको छानो उडाएको छ । गएको माघ ८ गतेदेखि पटक पटक हिंपात पछि चलेको हुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरवर मावि र साहार समुहको छात्राबासको छानो उडाएको छ । त्यसै गरि रलिङ्ग मावि बरगाउँ, खार्पुनाथ गाउँपालिका १को लालिमा रहेको मालिका मावि,कैलाश आधारभुत विद्यालय प्युसा लगायतका विद्यालयहरुमा रहेका कक्षा कोठाको छाना उडाएको मानसरवर माविका शिक्षक धन बहादुर ऐडीले बताउनु भयो ।

मानसरवर माविको कक्षा १२ कोठ भवनको पुरै छत हावा हुरीले उडाए पछी हिउ कोठा भित्र पसि करिव ३ फिट कोठा भित्र हिउ जमेको र फाल्न समेत समस्या भएको शिक्षक ए्ेडीले बताए । ५७ जना फरक क्षमता भएका बालबालिकाको बसोबास रहेको छात्राबासको छानो उडाए पछि अपङ्गाता लाई समस्या बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरिक्षक रविन क्षेष्ठले बताउनु भयो । अहिले छानो उडाए पछी फरकक्षमता भएका बालबालिका खुला आकास मुनि हिमपातमा बस्न बाध्य भएका छन् । उता लाली माविको २ तले ४ कोठा भवन र कैलाश आधारभुत विद्यालयका ८ कोठा हुरीले छानो उडाउँदा पठनपाठनमा समेत समस्या हुने भएको कैलाश आधारभुत विद्यालयका प्रधानाध्यापक भानुभक्त जैसीले बताउनु भयो ।

कोठामा राखिएका खाध्यन्न समेत हिँउले भिजाएर खाना पकाउन समेत नहुने भएको बताइएको छ । हिउँहावाहुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत व्यापक क्षति भएको छ । उता स्थानीय बासिन्दाका टिनले छाएका घरका छाना समेत उडाएको छ । खार्पुनाथ गाउँपालिका १ निवासी तेज बहादुर शाही, जित बहादुर शाही, लुर्के शाहीकै घरको छान उडाएको लाली बाट जित बहादुर शाहीले बताएका छन ।

हुम्लामा हिंपात संग चलेको हावाहुरीले अधिकाँस विद्यालय र स्थानीय बासिन्दाको घरको छान उडानुको साथै घरका दिवाल भत्काएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । अहिले जिल्ला भरि केकति क्षेती भएको एकिन खबर नआएको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी नावय उपरिक्षक क्षेष्ठले बताए ।