चट्याङ लागेर २ जनाको मृत्यु, ३ घाइते

0
Shares

प्युठान।
चट्याङ लागेर प्युठानमा दुई जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन। शुक्रवार राती १० बजे परेको चट्याङमा परि नौबहिनी गाउपालिका(१ स्वाउलिवाङ्ग खारखोलाका अन्दाजी २३ वर्षिय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउकी अन्दाजी २७ वर्षिय नौमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

त्यस्तै सोही ठाउका बर्ष ७ कि तेजि पुन, बर्ष ६० का बोमबहादुर घर्ती र ६२ वर्षिय रुद्र पुन घाईते भएको प्रहरी प्रमुख बुढाथोकीले बताए ।त्यस्तै चट्याङले नौबहीनी(६ मा १ भैंसी र बाख्रा मरेको उनले बताए ।