पर्वतमा बाक्लो हिमपात र वर्षाका कारण जनजीवन प्रभावित

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मे भएका छन भने तल्लो क्षेत्रमा तीन दिन देखिको बर्षाले जनजीवन प्रभावित बनेको छ ।
पर्वतमा शुक्रवार साँझदेखि जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । शनिबार बिहान सम्म नै हिमपात भैरहेको र धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । पञ्चासेमा आर्थर सम्म नै हिउँ परेको स्थानिय रामकृष्ण गुरुङ्गले जानकारी दिए ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् । शुक्रवार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ । पर्वतमा झरीका कारण अत्याधिक चिसो बढेको छ ।

तीन दिन देखिको बर्षाका कारण पर्वतको कुस्माबाट दक्षिण पर्वतको हुवास, रानीपानी, लुंखु, कार्किनेटा लगायतका क्षेत्रमा चल्ने बस सेवा ठप्प भएको छ । छिटफाट रुपमा जीप भने चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताए । पातीचौर र डिमुवाबाट देउपुर, भूकदेउराली, बाजुङ्ग, क्याङ्ग, राम्जा, चित्रे चल्ने यातयातका सबै साधन ठप्प भएका छन । मिलनचोकबाट लेकफाँट, शालिजा , धाइरिङ्ग जाने जीप बाहेक अन्य सवारी साधन चल्न सकेका छैन । एक दुई दिन बर्षा नरोकिएमा कच्ची सडकमा जीप समेत चल्न नसक्ने अवस्था आएको छ ।