तीन राजदूतले लिए शपथ

0
Shares

काठमाडौं, (नेस) । विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि, जेनेभा र इजरायलका लागि नियुक्त भएका राजदूतले शुक्रबार शितल निवासमा आयोजित समारोहमा शपथ लिएका थिए ।

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त अमृतबहादुर राई, जेनेभाका लागि मणिप्रसाद भट्टराई र इजरायलका लागि राजदूतमा नियुक्त डा. अञ्जान शाक्यलाई राष्ट्रपति भण्डारीले शपथ गराउनुभएको थियो । राई र भट्टराई परराष्ट्र मन्त्रालयका सहसचिव हुनुहुन्छ भने शाक्य राजनीतिक कोटामा राजदूत नियुक्त हुनुभएको हो ।

गत आइतबार भारतका लागि राजदूत नियुक्त हुनुभएका नीलाम्बर आचार्यले पनि शपथ लिइसक्नुभएको छ । शुक्रबारको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शंकरदाश वैरागीलगायत विभिन्न कार्यलयका उच्च अधिककारी पनि उपस्थित हुनुहुन्थ्यो ।