गैडामाथि चढेर सरर…….

0
Shares

चितवन,
विहीबार सामाजिक संजाल फेसबुकमा एकाएक एउटा फोटो भाइरल बन्यो । भाइरल बनेको तस्विर थियो एक व्यक्ति दुर्लभ एक सिंगे गैंडामाथि चढेर रमाउँदै । तस्विर हेर्दा धेरैले सौराहाकै घटना भएको अनुमान लगाए । सोही अनुरुप अनुसन्धान गर्दा गैंडामाथि चढेर साहस देखाएका व्यक्तिको अन्ततः पहिचान नै भयो । चितवन राष्ट्रिय निकुञ्जले फोटो भाइरल भएपछि अनुुसन्धान गर्दा ती व्यक्ती सौराहाकै रहेको खुलेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सौराहा क्षेत्रमा घाइते गैंडा माथि चढ्ने युवकको पहिचान भएको जानकारी दिए । उनले ती व्यक्तिलाई सोधपुछ तारेखमा छोडिएको र आवश्यक कारवाहीको तयारी भइरहेको बताए । उनले ती व्यक्तिको नाम खुलाउन चोहनन् ।