अब केवलकारको डीपीआर नेपाल मै

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पछिल्लो समयमा नेपालका धेरै डाडाँकाडामा केवलकार निर्माण गर्ने अभियान नै चलेको छ तर केवलकारको डिपीआर बनाउने देखि अन्य प्राबिधीक कामका लागि बिदेशीको मुख ताक्नुपर्ने अवस्था हटेको छैन ।

नेपालमा बढ्दो केवलकारको माग संगै डिपीआर समेत नेपालमै बनाउने काम शुरु भएको छ ।

नेपालमा केवलकारको डिपीआर बनाउने काम आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले नेपालमै केवलकारका लागि आवश्यक डिपीआर बनाउने काम शुरु गरेको हो ।

कम्पनीले भारतको सिआरए कम्पनी र बेलायतको ब्रेको कम्पनी संग मिलेर काम गर्न थालेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । नेपाल केवलकार यातायातको प्रचुर सम्भावना रहेका कारण दक्ष प्राबिधिक एब कम्पनीको अभाब खेप्दै आएकोमा अब सबै काम नेपालमा नै गर्न सक्ने बाटो खुलेको कम्पनीले जनाएको छ । अहिले सम्म प्राबिधीक लगायतका काम स्विटजरल्याण्ड, अष्टे«लिया, बेलायतमा मात्रै हुने गरेको थियो ।

दुई कम्पनीको फ्रेन्चआइज प्राप्त गरेपछि केवलकारका बिभिन्न प्रबिधी, प्राबिधीक र यान्त्रिक उपक्रमहरुको प्रयोग गर्ने र अन्तराष्ट्रिय रुपमा प्रबिधी सम्परिक्षण गर्न समेत सक्ने अध्यक्ष शर्माले बताए । ‘नेपालमा केवलकारको डिपीआर बनाउने तथा बनेका डिपीआरहरु अन्तराष्ट्रिय मापदण्ड अनुसार छ वा छैनन भन्ने सम्परिक्षण गर्न सक्ने अधिकार पनि पाएका छौ’ शर्माले भने ।

कम्पनीले अहिले नेपालका बिभिन्न ७ वटा स्थानमा बन्ने केवलकारहरुले डिपीआर बनाउन सम्झौताको अन्तिम चरणमा रहेको जनाएको छ । यो अधिकार पाएपछि कम्पनिले सितेड ब्रान्डको रुपमा बजार प्रबर्धन समेत गर्न लागेको अध्यक्ष शर्माले बताए । कम्पनीले पुर्व संभाब्यबता अध्ययन, प्राबिधीक, आर्थिक, ब्यबस्थापन लगायतका रिर्पोट बनाउने छ । नेपालमा नै डिपीआर बनाउँदा लागत धेरै सस्तो पर्ने , नेपाली भूगोल अनुसार बन्ने, वारेन्टी र अनुगमनका लागि समेत सहज हुने दाबी कम्पनीको छ।