चट्याङ्ग लागेर मृत्यु

0
Shares

डडेल्धुरा,

भागेश्वर गाउँपालिका–५ बस्ने दशरथ नाथको घरमा शुक्रबार चट्याङ्ग पर्दा उनको २० वर्षीया छोरी सरस्वती नाथको घटनास्थलमै मृत्यु भएको छ । चट्याङ्ग लागेर उनका छोराहरु १५ वर्षीय छोरा देवेन्द्र नाथ, ८ वर्षीय खगेन्द्र नाथ र छोरीहरु १४ वर्षीया कल्पना नाथ र १२ वर्षीया भात्री नाथ घाइते भएकाले उपचारको लागि उपक्षेत्रिय अस्पताल डडेलधुरा पठाइएको छ ।

यसैगरी डडेल्धुरा अमरगढी नगरपालिका(३ रजौडा सामुदायिकको भवनमा बस्दै आएका बझाङ दुर्गा थली गाउँपालिका(७ का ४८ वर्षीय गोगन दौल्यालको चट्याङ्ग लागी शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।