सुशासन कायम गर्न नयाँ शक्तिपार्टी नेपालद्धारा प्रदेश सरकारसंग माग

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ मा सुशासन कायम गर्न माग गदै नयाँ शक्तिपार्टी नेपालले प्रदेश सरकारका मुख्य मन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।

यद्यपी नयाँ शक्ति पार्टी प्रदेश ५ ले सिधै मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउन नपाएर पत्रकार सम्मेलन गरि ज्ञापनपत्र बुझाएको सार्वजनिक गरेको छ ।

नयाँ शक्तिपार्टी नेपालका ५ नम्बर प्रदेश संयोजक कमल खनालले प्रदेश सरकारका कामकारबाही जनमुखी एंव सुशासन र सदाचार युक्त हुन नसकेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रदेश सरकार र प्रदेश सचिवालयले खरिद गरेको २३ करोडको गाडी खरिद प्रकरणमा अनियमितता भएकोले ततकाल छानविनको माग गरिएको छ ।

त्यसैगरि प्रदेश सरकारले गठन गरेको विकास परिषद दलिय कार्यकर्ता भर्ती केन्द्र भएकोले त्यस्ता आयोग परिषद गठन गर्दा दलिय आधारमा भन्दा विज्ञता र सक्षमतालाई ध्यान दिन समेत आग्रह गरिएको छ ।

प्रदेशका सरकारी कार्यालयमा हचुवाका भरमा आफना कार्यकर्ता भर्ती गने, वजेटको स्वविवेकिय प्रयोगगर्ने विना अध्ययन करका दर बढाएर नागरिकको ढाड सेक्ने गतिविधी नर्गन समेत नयाँ शक्ति पार्टीले प्रदेश सरकारसंग माग गरेको छ ।
प्रदेशका भूमिहिन तथा अति विपन्न परिवारका लागि आवासको प्रबन्ध गर्न, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्नु पर्ने, अवैध रुपमा भैरहेको नदीजन्य पदार्थको चोरी निकाषीलाई नियन्त्रण गरी राजस्व संकलनलाई व्यवस्थित गर्न तथा प्रदेश सभाले सेवा सुबिधाकै लोभमा अनावश्यक रुपमा संसदिय समितिहरु थप गरी प्रदेशलाई आर्थिक रुपले बोझिलो बनाउने काम बन्द गर्न समेत माग गरिएको जनाएको छ ।

पार्टीले स्थानिय तहमा जनमुखी भन्दा पनि आफनै सेवासुबिधामा जनप्रतिनिधी केन्दित भएको, र संघिय सरकारले बनाउन लागेको शान्ति सुरक्षा कायम सम्बन्धी नयाँ कानुमा नागरिकले गर्ने प्रदशन र भेलालाई प्रमुख जिल्ला अधिकारीले रोक लगाउन सक्ने प्रावधान राख्न लागिएको प्रति असहमती प्रकट गदै पार्टीले राखेका माग प्रर्ति प्रदेश सरकार जिम्मेवार नभए सशक्त आन्दोलन समेत गर्ने चेतावनी दिएको पत्रकार सम्म्ेलनमा पार्टीका नेता यज्ञ पोखरेलले बताउनु भयो ।