अवैध चल्ला नष्ट

0
Shares

हेटौंडा,(नेस) ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८, क्याम्पडाँडामा बरामद गरेको कुखुराका अवैध चल्ला नष्ट गरेको छ ।

चेकजाँचका क्रममा चितवनबाट हेटौंडास्थित नागस्वतीतर्फ आउँदै गरेको ना. ३ च ७१७५ नम्बर बोलेरोको पछाडि १७ वटा कार्टुनमा रहेका १ हजार १ सय वटा कुखुराका चल्ला बरामद गरिएको थियो ।

चल्ला अवैधरुपमा ल्याएको अबस्थामा फेला पारी बोलेरो र चल्लालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार आवश्यक कारबाहीका लागि चल्लासहित चालक र चल्लाधनीलाई प्रहरीको जिम्मामा पशु क्वारेन्टाइन कार्यालय पथलैया, बारा पठाएको थियो ।

उक्त कार्यालयले सोही दिन चल्लालाई पशु क्वारेन्टाइन चेकपोष्ट पथलैयाका पशु स्वास्थ्य प्रविधिक करुणाकान्त झा, नेपाल प्रहरी, चल्लाधनी र सवारीचालकलगायतको रोहबरमा खाडलमा गाडेर नष्ट गरेको छ ।