राजबिन थापा, टोकियो ।
जापानको नागोयामा म्याग्दी जिल्ला तिन पिप्ले घर भएकी प्रमिला दर्जीको उपचारको क्रममा मृत्यु भएको छ ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका ३ पिप्ले घरभई रोजगारीको सिलसिलामा नागोयामा रहेकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो । १ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट पीडित थिईन् ।
दर्जीबाट जन्मिएको नवजात शिशुको अवस्था भने समान्य छ । प्रमिला दर्जीको उपचार जटिल भएको भन्दै मोना जापानले दर्ज़ीको उपचार सहयोगको लागि सकलन गरेको ६ लाख ७ हजार ६६० जापानीज ऐन आईतबार हस्ततरण गरिने जापानका बरिष्ठ उपाध्यग सचिन श्रेष्ठले जानकारी दिनुभयो ।
दर्जीको उपचारको क्रमममा बिहिबार साँझ अस्पतालमा निधन भएको हो । ४ वर्ष अगाडि विद्यार्थीकारुपमा जापान आएका र हाल रोजगारीमा संलग्न दिनेश दर्जीकी धर्मपत्नी हुन् ।
प्रमिलाको शनिबार बिहान ९ बजे मियकेनको निशिबेस्शो, कुवाना भन्ने ठाउंमा अन्त्येष्टी गर्ने तयारी भइरहेको बताइएको छ ।











प्रतिक्रिया