कारबाहीमा परेका इन्स्पेक्टरलाई यातायात मन्त्री महासेठकाे ‘पुरस्कार’ !

0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले कारबाहीमा परेका इन्स्पेक्टरलाई ‘पुरस्कार दिएका छन् । धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

कुशवाहलाई मकवानपुरको औद्योगिक क्षेत्र पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज दिइएको छ । कुशवाहले महेन्द्रनगरमा रहँदा ११ मंसिरमा नसियत पाएका थिए । जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।

संगठनको आचरण र मर्यादा विपरित काम गरेको आरोपमा नसियत दिइएलगत्तै उनलाई काजमा जिल्ला प्रहरी कार्यालय, ओखलढुंगा पठाइएकाे  थियो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले भने पशुपतिनगर प्रहरी निरीक्षकलाई पुरस्कृत गर्ने खाल्को पोस्टिङ नभएको दाबी गरे ।