भरतमोहन अधिकारी थप उपचारका लागि ह्याम्स अस्पतालमा पुन : भर्ना

0
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।

उनको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

 

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए ।

 

उनका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेका  छन्  ।

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । (रासस)