फागुन भित्र संघिय कानुनमा संशोधन नसकिए प्रदेश सरकारलाई काम गर्न समस्या: मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल, बुटवल,
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउदो फागुन मसन्ता भित्र सघिय कानुन संशोधन भैसक्नु पर्दछ अन्यथा प्रदेश सरकारलाई काम गर्न समस्या पर्ने बताउनु भयो ।

उहाँले फागुन मसन्ता भित्र संघिय सरकारलृ कानुन संशोधन गरि सक्नु पर्ने अन्तिम डेट लाई रहेको बताउदै संसद अवरुद्ध भएसंगै प्रदेश सरकारलाई काम गर्न ढिला हुने धारणा राख्नु भयो ।

मुख्य मन्त्री पोखरेलले एक वष भित्र प्रदेश सरकारको कामले विकासको राष्ट्रिय मानकलाई पूरा गर्ने समेत बताउनु भएको छ ।

उहाँले भौतिक पूर्वाधार र प्रदेशको संरचनाले ६ महिनासम्म काम गर्न नसकेकाले कामगर्न नपाएको भन्दै फागुन सुरु भएसँगै प्रदेशको भौतिक पूर्वाधारको काम अघिबढ्ने बताउनु भयो ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ को स्थापना दिवस कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले एक वष भित्र विकासले मूर्त रुप लिने बताउनु भयो । उहाँले यो वर्ष ९० प्रतिशत वित्तिय र अर्को वर्षसम्म शतप्रतिशत भौतिक पूर्वाधारको विकासमा उपलब्धि हासिल गर्ने दाबी गर्नु भयो ।

तर उहाँले यसका लागि केन्द्र सरकारले अधिकार दिनमा कन्जुस्याई भने गर्न नहुने बताउनु भयो ।

मुलुकमा आर्थिक बृद्धिदर चर्चामा आएजस्तो खत्तम नभएको भन्दै तथ्यलाई नबङ्ग्याउन आग्रह गदै मुख्यमन्त्री पोखरेलले संविधान जारी हुनु अघि ३ प्रतिशत रहेको आर्थिक बृद्धिदर संविधान जारी भएपछि ६ प्रतिशतमा पुग्नुलाई सफलताका रुपमा प्रचार गर्न सञ्चारमाध्यमलाई आग्रह ग र्नु भयो ।

‘अहिलेसम्म फाउण्डेशन बनाउने काम भइरहेको छ, दुई वर्ष्भित्र रिजल्ट देखिन्छ’ उहाँले भन्नु भयो ।

मुलुक निर्माणको चरणमा रहेकाले आयात बृद्धि भएको बताउँदै यसलाई नकारात्मक रुपमा देशको अर्थतन्त्र खस्केको भनेर भन्न नमिल्ने उहाँको भनाई रहेको छ ।

आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत समाल्नु भएका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले रणनीतिक रुपमा प्रदेश विकासको योजना बनाएको बताउनु भयो ।

समृद्ध प्रदेशको अभियान कृषिबाटै सुरु गरिएको बताउदै उहाँले कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भयो ।

उहाँले यसपछि उद्योग र पर्यटनबाट प्रदेश ५ लाई आर्थिक रुपमा सबल र सक्षम बनाउने योजना सरकारले बनाएको बताउदै बुटवल, दाङ र बाँकेमा तीनवटा औद्योगिक क्षेत्र निर्माण शुरु गरिएको बताउनु भयो ।