गण्डकी प्रदेशमा बजार अनुगमनलाई प्रभावकारी बनाउन नयाँ निर्देशिका

0
Shares

दुर्गाप्रसाद शर्मा , पर्वत ।
गण्डकी प्रदेश सरकारले बजार अनुगमनलाई बिश्वस्नीय र प्रभावकारी बनाउने तयारी थालेको छ ।

बजार अनुगमनलाई प्रभावकारी र बिश्वस्नीय बनाउनका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्टै ‘प्रदेश अनुगमन निर्देशिका’ बनाएर लागु गर्न लागेको हो ।

पछिल्लो समयमा बजार अनुगमन प्रभावकारी हुन नसकेको निष्कर्ष सहित नयाँ निर्देशिका बनाएर अनुगमनलाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ । सिंघले कानुन नबनाईसकेको अवस्थामा प्रदेशले निर्देशिका बनाएर पनि बजार अनुगमन ब्यबस्थित गर्न लागेको मन्त्रालयले बताएको छ ।

निर्देशिकाका बारेमा जिल्ला जिल्लामा पुगेर सmुभाब संकलन गर्न थालिएको छ । बिहीबार कुस्मामा पनि निर्देशिका माथि छलफल र अन्तरकृया गरिएको छ ।
निर्देशिका सम्बन्धी कार्यक्रममा बोल्दै बाणिज्य तथा आपुर्तिको काम समेत हेर्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले बजार अनुगमन र उपभोक्ताको हितलाई कसरी ब्यबस्थित र बिश्वनीय बनाउन सकिन्छ भनेर नयाँ निर्देशिका बनाउन छलफल गरिएको बताए ।

‘अहिले सम्म बजार अनुगमन गर्ने तर त्यसको प्रभावकारिता नदेखिने समस्या छ’ मन्त्री लम्सालले भने ‘यसलाई प्रबिधी र कानुनी दुबै हिसाबले ब्यबस्थित बनाउने योजनामा छौ’

मन्त्रालयले प्रदेशमाअत्याधुनिक खाद्यय प्रबिधी प्रयोगशाला बनाउने र प्रदेशमा बिक्री बितरण हुने सबै उपभोग्य सामाग्री गुणस्तरीय बनाउने लक्ष्य राखिएको मन्त्री लम्सालको भनाई छ । प्रदेशले सन २०२२ लाई गण्डकी भ्रमण बर्ष मनाउने तयारी गरिरहेको अवस्थामा पर्यटकले समेत ढुक्क भएर गण्डकीमा खानपान गर्न सक्नुपर्छ भन्ने उद्देश्य राखिएको स्पष्ट पारे ।

मन्त्रालयको बाणिज्य तथा आपुर्ति महाशाखाकी उपसचिब उर्मिला काफ्लेले अहिले निर्देशिका डाफ्ट भएका कारण यसलाई सरोकारवाला संग छलफल गरि अन्तिम रुप दिइने बताएन । निर्देशिका तयार भएपछि अहिले देखिएको तीन तहका सरकार बिचमा अनुगमन सम्बन्धी अन्यौल अन्त्य हुने बिश्वास उनको छ ।