१७ किलो चरेशसहित एक जना समातिए

0
Shares

धनवीर दाहाल,रुकुम
रुकुम पश्चिममा प्रहरीले अहिले सम्मकै ठुलो मात्रामा चरेश बरामद गरेको छ ।

रुकुम पश्चिम प्रहरीले १७ किलो ५ सय ग्राम चरेश सहित एक व्यक्ति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लामो समय देखि लागु औषधको ओसार पसार र बिक्रीको कारोबार भईरहेको सूचनाको आधारमा प्रहरी परिचालन गरी चरेशसँगै ओसार पसारमा संलग्न एक व्यक्ति पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले १७ किलो ५ सय ग्राम चरेश सहित पक्राउ गरेका बाँफिकोट गाउँपालिका वडा नं. ८ दुलि घर भएका ४८ बर्षिय जयराम खत्रिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार, गोप्य सूचनाको आधारमा चेक प्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा बाँफिकोट गाउँपालिका वडा नं. ६ तल्लो बजारबाट बुधबार राति खत्रिलाई पक्राउ गरिएको हो । डिएसपी खड्काले खत्रीले बोकेको सेतो बोराबाट १७ किलो ५ सय ग्राम चरेश, ओसारपसारमा प्रयोग गरिएको एक मोटरसाईकल समेत पक्राउ गरिएको बताउनुभयो ।

उहाँले मोटरसाईकल चालक भागेको र चरेश बोकेर मोटरसाईकलको पछाडि बसेका खत्रिलाई पक्राउ गरिएको बताउनुभयो । भे ३ प २८८० नम्बरको पल्सर मोटरसाईकल पक्राउ गरिएको बताईएको छ । फरार व्यक्तिको खोजतलास भईरहको र पक्राउ परेका व्यक्तिलाई कानुन बमोजिम कारबाहिको प्रक्रिया थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यति ठुलो परिमाणमा पहिलो पटक पटक चरेश बरामद गरिएको हो ।

यसै गरी प्रहरीले बलात्कारको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका वडा नं १० झिनचौरका बर्ष २० का विकास भनिने मनबिर मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिम मुसिकोट नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।