आफ्नै ससुराको हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

ओखलढुङ्गा,
आफ्नै ससुरा ७० वर्षीय रामकाजी गुरुङलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका(४ रुम्जाटार बस्ने ३० वर्षीया तारादेबी गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयमा विवाद हुँदा आफ्नै ससुरा रामकाजीलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको खबर प्राप्त भए पश्‍चात खटिएको प्रहरीले तारादेबीलाई पक्राउ गरेको हो ।