अबैध घरेलु मदिरा नष्ट

0
Shares

धनवीर दाहाल,रुकुम
सानीभेरी गाउँपालिकामा अबैध घरेलु मदिरा नष्ट गरिएको छ । सानीभेरी गाउँपालिकाको सिम्ली बजार, नयाँबजार, पेदि बजार र श्रीचौर क्षेत्रमा सिम्ली प्रहरी चौकी प्रमुख ऋषिराज खड्काको नेतृत्वको टोलिले खानतलासी गरी करिव ५० लिटर घरेलु मदिरा तथा ५ सेट मदिरा बनाउन प्रयोग गरिने भाँडा जफत गरेको हो । जफत गरिएको मदिरा नष्ट गरिएको छ भने भाँडाहरु प्रहरी चौकी सिम्लीमा राखिएको छ ।

सिम्ली प्रहरी चौकि प्रमुख ऋषिराज खड्काको अनुसार आँफुहरुले अबैध मदिरा उत्पादन हुन नदिन सबै वडा सम्म पुगी निरन्तर खानतलासी गर्ने र सानिभेरी भित्र सबै प्रकारका मदिरा आयात रोक्ने बताउनु भयो ।साथै सबै मदिरा पसलहरुलाई फाल्गुन १६ गते सम्म आँफु संग रहेको स्टक मदिरा व्यवस्थापन गरिसक्न समेत अनुरोध गर्नुभएको छ ।

रुकुम पश्चिममा मदिरा आयात र विक्री वितरण बन्द गर्ने जिल्ला समन्वय समितिले निर्णय गरेपछि सानीभेरी गाउँपालिकामा पनि गत माघ १० गतेको कार्यपालिका बैठकले गाउँपालिका भित्र सबै प्रकारका मदिरा आयात बन्द गर्ने र फाल्ग्न १६ देखि बिक्री वितरणमा अर्को निर्णय नहुन्जेल सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सोही अनुसार सबै वडाकार्यालयहरु, प्रहरी चौकी तथा सम्बन्धित निकायलाई परिपत्र गरिएको भने सार्वजानिक सूचना समेत जारि गरिएको छ ।