फरार व्यक्ति पक्राउ

0
Shares

खलङ्गा, जुम्लाका ग्रामीण सडक योजनाको रकम लिएर फरार भएका व्यक्तिलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले तातोपानी गाउँपालिका–७ बारगाउँका भीमबहादुर रावतलाई काठमाडौँबाट पक्राउ गरिएको जनाएको छ । विसं २०७४ वैशाख १ गते पातरसाँघुदेखि वारागाउँसम्मको ग्रामीण सडकको रु २९ लाख तीन हजार ५२२ को चेक लिई फरार भएका रावतलाई काठमाडौँ बागबजारमा यही माघ १५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त ठगी मुद्दाका आधारमा पक्राउ गरी यही माघ १९ गते जुम्ला ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । योजनाको रकम नै लिएर फरार भएपछि उक्त सडक योजनासमेत अलपत्र परेको थियो ।