फोन गरी बोलाएर जंगलमा करणी

0
Shares

हेटौंडा,(नेस) ।

गत कात्तिक दोस्रो साता १६ वर्षकी किशोरीलाई फोनसम्पर्क गरी आफ्नो नाम ढाँटेर भेट्न बोलाइ कैलाश गापा–१० स्थित सिंचाई कुलोको जंगलमा जबर्जस्ती करणी गरी फरार रहेका पक्राउ परेका छन् ।

करणीका कारण किशोरी गर्भवती भएको प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको अनुसन्धान टोलीले खोजतलासका क्रममा मंगलबार अपराधमा संलग्न मोबाइल प्रयोगकर्ता मकवानपुरको कैलाश–३ बस्ने वर्ष २३ का प्रवीण भनिने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको हो ।

पीडितले उनलाई सनाखत गरेकाले जिल्ला अदालतबाट मुलुकी (फौजदारी अपराधसंहिता) ऐन २०७४ को करणी सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।