लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता हुने

0
Shares

यमलाल भुसाल, बुटवल ।

पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस प्रतियोगिता हुने भएको छ ।

रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा आउदो फागुन ११ गतेबाट दोस्रो संस्करणको प्रतियोगितामा हुने भएको हो ।

बुधबार लन टेनिस कोर्टमा पत्रकार सम्मेलनको आयोजना गरि फागुन ११ देखि १६ गतेसम्म प्रतियोगिता संचालनको तिब्र तयारी गरेको रुपन्देही लन टेनिस संघ अध्यक्ष अशोक गुरुङ्गले बताउनु ।

उहाँले विभिन्न उपसमितिहरु निमार्ण गरेर काम अघि बढाईएको समेते बताउनु भयो ।

प्रतियोगिताको मेन्स सिगलतर्फको विजेताले कपसहित ५० हजार, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरि महिला सिगलतर्फको उपाधि विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार,कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि मेन्स सिंगल ३५ प्लसतर्फ प्रथमलाई नगद ३५ हजार र दोस्रो नगद २० हजार, मेन्स डबल्स ३५ प्लसतर्फ प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ४५ प्लसको प्रथमलाई नगद २० हजार र दोस्रोले नगद १० हजार, मेन्स डबल्स ४५ प्लस प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, मेन्स सिगल ५५ प्ससको प्रथमलाई नगद २० हजार र दोस्रोलाई नगद १० हजार तथा मेन्स डबल्स ५५ प्लसको प्रथमलाई नगद १५ हजार र दोस्रोलाई नगद १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

संघका सचिव गोपाल ज्ञवालीले काठमाण्डौ, ललितपुर, कास्की र बुटवलसहित आर्मीका बिचम खेलिदै आएको यो खेलको पछिल्लो समयमा आम नागरिक र युवा वर्गमा आर्कषण बढेको बताउनु भयो । प्रदेशस्तरमा ३, ४ र ५ यो खेल बढी खेलिने गरेको छ ।

कार्यक्रममा संघका सल्लाहकार अर्जुनमान सैजु, देवसिद्ध टोल समितिका अध्यक्ष पूर्णानन्द गिरिले स्वस्थ्य रहनका लागि जुनसुकै खेलकुद भएपनि दैनिक रुपमा खेल्न जरुरी रहेको बताउनु भयो ।
फोटो पनि छ ।