महोत्सवमा ८० प्रतिशत कलाकार सुदूरपश्चिमका समेटेका छौ: अध्यक्ष ठगुन्ना

0
Shares

किरन धामी, दार्चुला
“अपि नाम्पा, चौलानी र महाकालीको काख, कैलाश, मालिकार्जुनको आगँन, दार्चुलाको शाख” भन्ने मुल नाराका साथ यहि माघ २५ गतेदेखी अगामी फागुन ५ गतेसम्म लाग्ने दार्चुला महोत्सव २०७५ मा ८० प्रतिशत सुदूरपश्चिमका कलाकारहरुलाई समेटेको दार्चुला उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले बताएका छन् । महोत्सवको तयारी बारे जानकारी गराउन दार्चुला जिल्ला सदरमुकाम खलंगामा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठगुन्नाले यस्तो बताएका हुन् ।

स्थानिय कलाकारलाई उपेक्षा गरी राष्ट्रिय कलाकारहरुलाई मात्रै महोत्सवमा आमन्त्रण गरिएको भनि जिल्ला तथा जिल्ला बाहिरका कलाकारहरुले सामाजिक सञ्जाल मार्फत अभिव्यक्त गरेका विचारहरुको जवाफ दिदै अध्यक्ष ठगुन्नाले महोत्सवमा ८० प्रतिशत कलाकार सुदूरपश्चिमका समेटेको बताएका छन् । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मलेन गरी जानकारी गराएका छन् । महोत्सवको उद्घाटनका लागी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विहीबार हेलिकप्टरबाट दार्चुला आउने कार्यक्रम रहेको अध्यक्ष ठगुन्नाले बताए ।

महोत्सव स्थलमा १ सय ४१ वटा स्टलहरु निर्माण गरिएको छ । निर्माण गरिएका सबै स्टलहरु बुकिङ्ग भैइसकेको उनले जानकारी दिए । महोत्सवमा दार्चुला जिल्ला भरी रहेका तथा ओझेलमा परेका पर्यटकिय स्थलहरुका फोटो प्रर्दशन गरिने उनले बताए । महोत्सवमा बाहिरी जिल्लाका साथै भारतको विभिन्न ठाउँका दर्शकहरु आउने भन्दै ३÷४ वटा स्टलहरुमा दार्चुला जिल्लामा उत्पादन हुने कोदो, मकै, फापरका विभिन्न परिकारहरु राखिने उनले बताए । जिल्लामा उत्पादित कृषि जन्य बस्तुको प्रचार प्रसारका लागी परिकारहरु प्रर्दशन गरिने उनको भनाई छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकार गरी दुई दर्जन कलाकारहरुको प्रस्तुती रहने उनले जानकारी दिए । महोत्सवमा नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुुदायको मौलीक संस्कृति भेषभुषाको प्रर्दशन, दुहु, मार्मा, मल्देश, लेकम र ब्याँस क्षेत्रको मौलीक भेषभुषा र संस्कृतिको प्रर्दशनी गरिने उनले बताए । महोत्सव अवधिभर सुरक्षाका लागी अनुग्रह सेकुरेटी सर्भिस नेपाल नेपालगञ्जबाट ३२ जना सुरक्षाकर्मीहरु ल्याइएको उनले जानकारी दिए । साथै महोत्सव स्थलको गेट हुदै स्टल, मञ्च सम्म ८ वटा सिसि क्यामारा जडान गरिएको छ ।

महोत्सवको विमा गरिएको अध्यक्ष ठगुन्नाले जानकारी दिए । महोत्सव अवधिभर हुलदंगा, अग्नी र भुकम्पबाट कुनै किसिमको क्षति हुन गएमा ९९ लाख ९९ हजार ९ सय रुपैयाको विमा गरिएको उनले बताए । साथै महोत्सवमा मानविय क्षति भएको खण्डमा एक जनाको ५ लाखका दरले १५ जनाको विमा गरिएको उनले बताए । महोत्सव विहान १० बजे देखी वेलुकी ६ बजे सम्म संचालन गर्ने बताइएको छ ।