तरकारी बिउ उत्पादनसंगै सिकाई केन्द्र बन्यो रुकुम

0
Shares

धनवीर दाहाल, रुकुम ।
तरकारी वीउ उत्पादनका लागि नेपालकै पकेट क्षेत्र मानिएको तरकारी बिउ उत्पादन केन्द्र रुकुम पश्चिम यति बेला देशका बिभिन्न कलेजमा पढेका बिद्यार्थीका लागी सिकाई केन्द्र पनि भएको छ । जेटिए तथा कृषि डिप्लोमा पढिरहेका विद्यार्थीहरुले व्यवहारिक ज्ञानका लागी तरकारी बिउ उत्पादन केन्द्र रुकुम पश्चिमलाई रोजेका छन् ।

बिभिन्न तरकारी बालीको नर्सरी राख्ने तथा रोग किरा व्यवस्थापनका बिषयमा व्यवहारिक ज्ञान सिकेको बिद्यार्थीहरुको भनाई छ । व्यवहारिक ज्ञानका लागी तरकारी बिउ उत्पादन केन्द्रमा आफुहरुलाई कलेजले पठाएको बिद्यार्थी अशोका खडकाले बताउनुभयो । १२ महिनाको सैद्यान्तिक ज्ञान सिकेर ६ महिना व्यवहारिक सिप सिक्न आफुलाई मदत पुगेको बिद्यार्थी टिकाराम ओलीको भनाई छ ।

रुकुम पश्चिमका साथै छिमेकी जिल्ला रुकुम पुर्व, सल्यान,रोल्पा, जाजरकोट, दाङ्गबाट समेत बिद्यार्थीहरु रुकुम पश्चिमको तरकारी बिउ उत्पादन केन्द्रमा व्यवहारिक ज्ञान सिकिरहेका छन् । काठमान्डौ, बुटवल, नेपालगंज, सुर्खेत लगाएतका ठाँउमा रहेका कलेजले आफ्ना बिद्यार्थीलाई नेपालकै नमुना मानिएको तरकारी बिउ उत्पादन केन्द्र रुकुममा पठाएको हो ।

तरकारी बिउ उत्पादन केन्द्रसँगै बिद्यार्थीका लागी सिकाई केन्द्र तथा कृषकहरुका लागी स्रोत केन्द्रको रुपमा समेत विकास हुँदै गएको तरकारी विउ उत्पादन केन्द्रका बरिष्ठ बागबानी विकास अधिकृत रबिन्द्रनाथ चौवेले बताउनुभयो । प्रयाप्त हावापानी र उपयुक्त माटोका कारण सोचेभन्दा बढी तरकारीको स्रोत वीउ उत्पादन हुने यस केन्द्रबाट देशका विभिन्न ठाउँ र विदेशमा समेत तरकारी वीउ निर्यात हुने गर्दछ । करिब ६ हजार हेक्टर जमिनमा बिभिन्न जातका तरकारीहरुको नर्सरी तयार गरि केन्द्रले मुल बीउ उत्पादन गरि कृषकहरु लाई सहुलियत मुल्यमा बिक्रि गरिदै आएको छ । यहा बिदेश सम्म निर्यात गर्ने मुल बीउ उत्पादन हुने गर्छ ।

२०३५ सालमा स्थापना भएको यो केन्द्रले कुनै समय बिदेशमा राम्रो चर्चा पाएपछि छिमेकी मुलुक भारत र चिन तथा अन्य मुलुकमा पनि निर्यात हुने गरेको छ । मुला,काउली,प्याज,सलगम रायो,केराउ,झाँगे सिमी,लहरे सिमी,स्क्वास,फर्सी,टमाटर,भेडेखुर्सानी, आदी बिभिन्न तरकारी बालिहरुको मुल बीउ प्रति बर्ष ६–६.५ टन उत्पादन हुँदै आएको छ ।

बिगत केही बर्ष यताको अवस्था लाइ मध्यनजर गदै बीउ उत्पादन केन्द्र लाइ अझ आधुनिकिकरण गर्ने उद्देश्य रहेको र देखीएका समस्या समाधानको लागि बिभिन्न गैरसरकारी सस्था सँग पनि सहकार्य गदै अघि बढिरहेको केन्द्रले जनाएको छ ।

तरकारी बीउ उत्पादक कृषकहरुको प्राबिधिक ज्ञान र सिपमा बिकास गराई गुणस्तरयुक्त बीउ उत्पादन गर्ने,बीउ उत्पादक कृषक समुहका सदस्यहरुको सहकारीता सम्बन्धी चेतना अभिबृद्धी गराई सहकारी सँस्थाको निर्माण,बीउ बिक्री केन्द्रहरु लाइ ब्यवस्थित गर्ने आदी कार्यहरु पनि केन्द्र बाट हुदै आएको छ ।