भन्सार छली ल्याउँदै गरेको सामान सहित पक्राउ

0
Shares

पर्सा, ठोरी गाउँपालिका-२ बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु.१ ख ३३१० नम्बरको ट्रकमा ल्याउदै गरेको धान १ सय ५ बोरा र विभिन्न कपडा गरी करिब ३० लाख ५० हजार ५ सय रुपैयाँ बराबरको सामान सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ‍।

पक्राउ पर्नेहरुमा चितवन माडी नगरपालिका-२ बस्ने ट्रक धनी ४४ वर्षीय ऋषि सुवेदी, चालक २६ वर्षीय प्रकाश दराई र सहचालक १९ वर्षीय सुजन दराई रहेका छन् । ईलाका प्रहरी कार्यालय ठोरी पर्साबाट खटिएको प्रहरीले सो ट्रकलाई जाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक र उक्त सामान सहित उनीहरुलाई प्रकाउ गरेको हो ।