हेभि सवारी चालक तालिम सुरु

0
Shares

काठमाडौं,

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ९औं समूहको हेभि सवारी चालक तालिम सोमबारबाट सुरु भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नरोत्तमलाल प्रधानले तालिमको उद्‍घाटन गर्दै सवारी चालकलाई सवारी सम्वन्धि समय सापेक्ष ज्ञान दिलाई योग्य र दक्ष बनाउनु तालिमको उद्देश्य रहेको बताउनुभयो । अनुशासित र लगनशील भई तालिम हासिल गर्न उहाँले प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी निरीक्षक अनुप श्रेष्ठले ३० कार्य दिनको उक्त तालिममा प्रहरी हवल्दार ३ र प्रहरी जवान ३८ जना गरी कूल ४१ जना प्रशिक्षार्थीहरूको सहभागिता जानकारी दिनुभयो ।