पाल्पामा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।

वर्तमान सरकारले गरेका कामप्रति असन्तुष्टि जनाउदै संसदमा विरोध जनाएको नेपाली काग्रेसले सोमवार पाल्पामा जनप्रदनर्शन र र्याली तथा विरोध सभा गरेको छ । नेकपाको दुई तिहाइ सरकारले कर वढाएको, महंगी तथा भष्टाचार नियन्त्रण गर्न नसकेको राज्य आतंक सिर्जना गरेको र यसको अन्त्यको माग गर्दै नेपाली कांग्रेसले गरेको देशव्यापी विरोध कार्यक्रम पाल्पामा पनि भएको हो ।

जिल्ला सदरमुकाम स्थित पार्टीको जिल्ला कार्यालय शिल्खानबाट पार्टीका नेता कार्यकर्ता, भातृसंगठन,सुभेच्छुक सम्मिलित ¥याली नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य हरिप्रसाद नेपालले सरकार दुइ तिहाइको दम्भका कारण अधिनायकवादी ढंगले अघि वढेको, जनताको पक्षमा काम गर्नुभन्दा पनि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भयो ।

उहाले संसदमा दुइ तिहाइ छ भन्दैमा पेलेर जाने नीति लिएमा सत्तापक्षलाई नै घाटा हुने जिकीर गर्र्दै यही शैलीका कारण जनताले सरकारको विरोध गरेको वताउनु भयो ।

सभामा पार्टीका जिल्ला सभापति एवम प्रदेशसभा सांसद वीरवहादुर रानाले वर्तमान सरकार अधिनायकवादी वन्दै गएको जन अपेक्षा विपरितका गतिविधी गरेको भ्रष्टाचारलाई वढावा दिएको आरोप लगाउनु भयो ।

उहाँले सरकारको कार्यशैलीकै कारण जनताले उसलाई दिएको दूइ तिहाइको वहुमत उसैका लागि प्रत्युत्पादक वन्दै गएको वताउनु भयो । कार्यक्रममा वोल्ने वक्ताले सरकारको कार्यशैली प्रजातान्त्रिक नभएको वताउदै सरकारले एकपछि अर्काे अलोकप्रिय क्रियाकलाप गरेकाले जनताहरु अव चुप लागेर वस्न नहुने तर्क गरे ।