बस दुर्घटनामा चालक सहित १३ जना घाइते

0
Shares

नेपाल समाचारपत्र, पाल्पा ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा सोमवार दिउसो भएको वस दुर्घटनामा चालक सहित १३ जना घाइते भएका छन । सो गाउ पालिकाको वडा र्न ७ गुरुङ्गडाडामा रामपुर देखि नवलपुर दुम्बीवास तर्फ जादै गरेको लु १ ख ७४३९ नम्वरको बस ओरालोमा चिप्लिन गई दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बस ओरालोमा चिप्लिन गई रोकी राखेको ना ८ ख ४२ नम्वरको टिप्परलाई ठक्कर दिइ भित्तामा ठोक्किएको थियो । प्रहरी अनुसार बसमा सवार ३२ जना यात्रु मध्ये चालक सहित १३ जबना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा पूर्वखोला गाउँपालिका १ सिलुवाका २९ वर्षका चालक लिलप्रसाद श्रेष्ठ, नवलपरासी सुनवल गाउँपालिका ४ का ३४ वर्षका सहचालक जीवन श्रेष्ठ, भारत घर भई रामपुर नगरपालिका ७ किसान बारीमा डेरामा बस्दै आएका ४५ वर्षका दिननाथ पासवान, भारत घर भई किसान बारीमै बस्दै आएका ४० वर्षका छेकन राम, त्रिवेणी नगरपालिका ४ नवलपुरका ६० वर्षकी खोमा कुमारी चिदि थापा, छन ।

त्यस्तै निस्दी गाउँपालिका ४ का ४५ वर्षका तामबहादुर गाहा, सोही स्थानकै ४६ वर्षकी थामीश्वरा गाहा, सोही स्थानकै ३५ वर्षकी तेजमाया सोमै, मध्यविन्दु नगरपालिका १५ नवलपुरका ५५ वर्षका नारायण वास्ताकोटी, रामपुर नगरपालिका १० की ७५ वर्षीया रुपा थापा, सोही नगरपालिका ५ की ३६ वर्षकी निरमाया केसी, वडा ९ का ५५ वर्षीय विष्णु पराजुली, कावासोती नगरपालिका १४ का ५५ वर्षका ओमप्रकाश बास्ताकोटी रहेका छन् ।

घाइते दिननाथ पासवानको टाउकोमा चोट लागेकाले अवस्था मध्यम रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । घाइेतहरुको स्याङ्जा पोलिििक्नक नवलपुर अरुणखोलामा उपचार भइरहेको वताइएको छ ।