झापामा सरकारविरुद्ध काँङ्ग्रेसको विरोध प्रर्दशन

0
Shares

भद्रपुर, नेपाल समाचारपत्र ।
सरकारविरुद्ध सदनबाट आन्दोलन गरिरहेको प्रमुख विपक्षी दल नेपाली काँङ्ग्रेसले देशभर लगायत झापामा पनि सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

प्रमुख प्रतिपक्षी दल काँङ्ग्रेसले दुई तिहाइको भरमा सरकारले प्रमुख प्रतिपक्षी दलको आवाज सुनुवाइ नगरेको भन्दै काँङ्ग्रेसले सरकारको कार्यशैलीविरुद्ध जिल्लामा पनि सोमबार विरोध प्रदर्शन गरेको हो ।

झापाका विभिन्न क्षेत्रबाट आएका नेता तथा कार्यकर्ताले विद्युत् प्राधिकरण पूर्व विरोध सभा गरेका थिए । काँङ्ग्रेसका झापा अध्यक्ष उद्धव थापा र केन्द्रीय सदस्य तथा प्रमुख सचेतक सरिता प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रसाईले सम्बोधन गरेकी थिइन् । विरोध सभा पछि सरकार विरुद्ध नारावाजी गर्दै जिल्ला प्रशासनको मुल गेटमा पुगेका थिए ।

वाक्लो रुपमा परिचालित सशस्त्र तथा जनपथ प्रहरीले प्रमुख नेताहरुलाइ प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाउन भित्र जान दिएका थिए भने अन्यले गेटबाहिर ओली सरकारको विरुद्ध नाराबाजी गरेका थिए ।

टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत प्रधान मन्त्रीलाइ ज्ञापन पत्र बुझाएको थियो । भद्रपुरमा रहेको स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा निर्माणाधीन सभाहलको लागि विनियोजित बजेट निकासा नगरेको समेत पत्रमा उल्लेख छ ।

त्यसैगरी महङ्गी नियन्त्रण,बेरोजगारी समस्या समाधान, देशव्यापी रुपमा बढेको हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्दा ,सुन काण्ड लगायतको विषय पत्रमा उठान गरिएको छ ।

टोलीमा महेन्द्रा सुब्वा, सुधिर कुमार सिवाकोटी,डिल्ली प्रसाद सिटौला,ओम प्रकाश सरावगी,उषा गुरुङ् लगायतले प्रजिअ दाहाललाइ संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए ।