घरेलु मधिरा नष्ट गर्ने अभियान तिब्र

0
Shares

धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिमका स्थानीय तहहरु मद्यिरा निषेधित जिल्ला बनाउनका लागी मद्यिरा उत्पादन तथा बिक्रि बितरण बन्द गर्ने अभियानमा जुटेका छन् ।

बिभिन्न अपराधिक घटनाहरु मध्य ८० प्रतिशत घटना मद्यिराकै कारण भएको निष्कर्ष निकाल्दै मद्यिरा निषेधित बनाउनका लागी गाँउ गाँउमा घरेलु मद्यिरा नष्ट गर्ने कार्यले तिब्रता पाएको छ । मुसिकोट नगरपालिकाको वडा नं ५ ले घरेलु मद्यिरा नष्ट गरेको जनाएको छ ।

वडा अध्यक्ष शुसिल गौतमले सभ्य समाज निर्माणका लागी आफुहरुले अभियान थालेको बताउनुभयो । जिल्ला स्तरमा भएको निर्णयलाई आफ्नो वडाले कार्यान्वन थालेको उहाँको भनाई छ ।

जिल्ला समन्वय समितीको समन्वयमा रुकुम पश्चिमका ६ वटै स्थानीय तहका प्रमुख व्यक्तित्व, प्रहरी, प्रशासन, सेना, अस्पताल लगाएतका सरोकारवालाहरुसँग गत माघ ६ गतेकोे बैठकले रुकुम पश्चिमलाई मद्यिरा निषेधित जिल्ला निर्माण गर्ने निर्णय गरेको थियो ।

आगामी फाल्गुन १५ गते सम्म आफुसँग भएको मद्यिरा खाली गरिसक्ने एवं फाल्गुन १६ गतेदेखी बिक्री बितरण बन्द गर्ने र स्थानीय स्तरमा उत्पादन हुने घरेलु मद्यिराको उत्पादन, बिक्री बितरणको अनुगमन गरी प्रचलित ऐन, कानुन र मापदण्ड बिपरित भएको पाइएमा तत्काल स्थानीय तहले बन्द गर्ने निर्णय गरेसँगै घरेलु मद्यिरा नष्ट गर्न थालिएको हो ।

मुसिकोट नगरपालिका वडा नं ५ ले घरेलु मद्यिरा नष्ट गरेको छ । यता व्यवसायीहरुले भने आफुहरुले ऐन नियम भन्दा बाहिर गएर मद्यिरा बिक्री बितरण नगरेको भन्दै बिरोध जनाएका छन् ।