घरमै ६५ किलो गाँजा

0
Shares

हेटौंडा,(नेस) ।
प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–८ स्थित चामेसिंह मोक्तानको घरबाट बोरामा लुकाइराखेको अबस्थामा ६५ किलो गाँजासहित उनलाई पक्राउ गरेको छ ।

वर्ष २६ का मोक्तानलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीबाट लागुऔषध नियन्त्रण ऐनबमोजिम आवश्यक कारबाही भइरहेको छ ।

चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको लागुऔषध गाँजा तथा अफिम फँडानी अभियानको अन्त्यतिर आइपुग्दा कतिपय स्थानका कुनाकाप्चामा फँडानी गर्न छुट हुन गएको गाँजा संकलन गरी बेचबिखनको तयार गरिएको अबस्थामा गाँजा नियन्त्रणमा लिइएको हो ।

यस प्रकारले अन्य स्थानमा पनि लागुऔषध बेचबिखनका लागि संकलन गरी राख्नसक्ने देखिएकोले सम्भावित स्थानमा आवश्यक सूचना संकलन गरी छापा मारेर लागुऔषध गाँजा बरामद तथा संलग्न व्यक्तिलाई पक्राउ गर्ने अभियान अघि बढाउँदै लैजाने रणनीति जिल्ला प्रहरी कार्यालय मकवानपुरले तयार गरेको छ ।