फर्मा खस्दा वडा सदस्यको निधन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
सदरमुकाम धुलिखेल स्थित सरस्वती बजारको सडकमै निर्माण भईरहेको घरबाट फलामको फर्मा खस्दा पैदल हिडिरहेका एकको उपचारको क्रममा निधन भएको छ ।

सोमबार दिउसो पौने २ बजेको समयमा पैदल हिड्दै गरेका महाभारत गाउँपालिका वडा नम्वर ४ घर भई बनेपामा बस्दै आएका ५५ वर्षिय दिपकबहादुर थापालाई फलामको फर्माले लागेको थियो । ठेकेदार रवि अवालले जिम्मेवारी लिई निर्माण गरिरहेका धुलिखेलका सुर्वण श्रेष्ठको घरबाट फलामको फर्मा खसेर पैदल यात्रुलाई लागेको थियो । तत्काल उपचारका लागि धुलिखेल अस्पताल पु¥याईए पनि उपचार हुन नसकेकाले नर्भिक अस्पताल रिफर गरिएको थियो । प्रहरी प्रवक्ता डिएस्पी दिपक कार्कीका अनुसार उपचारका क्रममा थापा मगरको राति निधन भएको हो ।

लार्पवाहि पूर्ण तरिकाले घर निर्माण गरिरहेको र पैदल यात्री हिडिरहने स्थानमा नियमित काम गर्दा कुनै सुरक्षा नअपनाईएको भन्दै स्थानीयहरुले समेत विरोध गर्दै आएका थिए । सोहि दिन विहान पनि फर्मा खसेर अन्य केहि ब्यक्तिलाई लागेको प्रत्यक्षदर्शीले बताए । पीडितका आफन्तले ठेकेदार, घरबेटी सुवर्ण र कामदारलाई कारवाहीको माग गरेका छन् ।