बनेपा अस्पताल तोडफोड

0
Shares

नेपाल समाचारपत्र, बनेपा ।

दम बढेर अस्पताल ल्याईएका ब्यक्तिको लार्पवाहिका कारण निधन भएको भन्दै बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आईसियु कक्षमा विरामीका आफन्तले तोडफोड गरेका छन् ।

पनौती नगरपालिका वडा नम्वर १ बस्ने ६३ बर्षिय बद्रीप्रसाद सापकोटालाई दम बढेर अस्पताल ल्याईएको थियो ।

साँझ निधन भएपछि डाक्टरको लार्पवाहिका कारण निधन भएको भन्दै आफन्तले विरोध गरेका थिए । आफन्त र अस्पताल प्रशासन बीच आपसि सहमति भए पछि आफन्तले विरामीको शब बुझेका थिए ।