राष्ट्रव्यापी विरोध प्रदर्शन


काराकास,(एजेन्सी)
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले हाल त्यहाँ व्याप्त राजनीतिक संकट समाधानको प्रयासस्वरुप समय अगावै राष्ट्रपतिय निर्वाचनको प्रस्ताव अघि सारेका छन् । विपक्षी नेता हुवाँ गोआइदोका समर्थकहरुले राष्ट्रपति निकोलस माडुरोका विरुद्ध शनिबार राष्ट्रव्यापि रुपमा विशाल विरोध प्रदर्शन गरेका थिए ।

साथै तिनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मोडुरोलाई दिएका थिए । तिनीहरुले पनि यथाशिघ्र ताजा निर्वाचनको माग गरेका थिए । तिनीहरुको माग प्रति प्रतिक्रिया दिँदै माडुरोले सो प्रस्ताव राखेका हुन् । गत महिना आफुलाई स्वयमले अन्तरिम राष्ट्रपति घोषणा गरेका गुआइदोलाई अमेरिका र युरोपका प्रमुख राष्ट्रहरुले समर्थन गरिरहेका छन् । माडुरोलाई भने चीन र रसियाको साथ रहेको छ ।

युरोपेली संघ ( इयु ) ले माडुरोलाई आइतवार सम्ममा नयाँ चुनाव घोषित गरी सत्ता नछाडेकको खण्डमा गुआइदोलाई नै राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएको थियो । तर अब नियमित रुपमा जाने हो भने आगामी निर्वाचन सन् २०२० मा मात्रै हुनुपर्ने हो ।

भेनेजुयलामा राष्ट्रिय सभाको चुनाव सन् २०१७ मा भएको थियो । सो निर्वाचन संविधान निर्माणका लागि लक्षित रहेको थियो। यो संविधान सभाको निर्वाचन थियो र यसले संविधान निर्माण गर्ने भनिएको थियो ।
तर त्यस निर्वाचन विपक्षी राजनिितक समुहले बहिस्कार गरेको थियो । फलस्वरुप राष्ट्रपति मोडुरोका पक्षधरहरुको मात्र संसदमा प्रतिनिधित्व हुन पुगेको थियो । यसै कारण पनिे पनि गुआइदो समर्थकहरुले सो निर्वाचनबाट मान्यता प्राप्त भनिएको सरकार वैधानिक नभएको दाबी गर्दै आएका हुन् ।