तुलसी गब्बार्डद्वारा चुनाव प्रचार अभियानको घोषणा


होनोलुलु (एजेन्सी)
अमेरिकाको कांग्रेसमा प्रथम हिन्दु महिला सदस्य तुलसी गब्बार्डले सन् २०२० राष्टपति चुनावका लागि हवाई बाट औपचारिक रुपमा चुनाव प्रचार अभियान सुरुवात गरेकी छिन् ।

गब्बार्डले शनिबार एक कार्यक्रममा उक्त घोषणा गरेको सीएनएनले जनाएको छ । उनले भनिन्, प्रत्यक सैनिक, प्रत्यक सेवाकर्मीको ह«दयमा सेवाको भावना आफु भन्दा माथि हुनछ । यसै भावनासँग आज म अमेरिकाको राष्टपति पदका लागि आफनो उम्मेदवारी घोषण गर्छु ।

उनले भनिन्, म एक सैनिकको यो सिद्धान्त ह्वाइट हाउसमा लिएर आउँछु र राष्ट्रपति पदको गरिमा र सम्मानको मुल्य वहाल गर्नेछु । सबैभन्दा ठुलो आफना जनता प्रति प्रेम र देश प्रतिको प्रेमको मुल्यलाई वहाल गर्नेछु ।
समर्थकहरुलाई आफुसँग जोडिन र यो भावना, सेवाको भावनालाई आफु भन्दा माथि राख्ने र लोभ तथा भ्रष्टाचार विरुद्ध उभिन आफुसँग आउन गब्बार्डले आग्रह गरिन् ।

हिन्दु गब्बार्ड भारतिय मुलकी होइनन तर उनी हवाईको एक हिन्दु परिवारका सदस्य हुन् ।

उनले भनिन्– अगाडीको मार्ग सहज हुने छैन । कठिनाइ कडा हुनेछ। तर मलाई थाहा छ कि जब हामी आफना र हाम्रा देशका नागरिकसँग प्रेमका लागि एकजुट उभिने हो भने कुनै पनि यसता बाधाले कुनै छैन, जोसँग हामी लड्न सक्दैनौं । यसतो कुनै युद्ध छैन जुन हामी जित्न सक्दैनौ ।

इराक युद्धमा सैनिक रुपमा रणभुमीमा खटिएकी गब्बार्ड सन् २०१६ मा भर्मोन्टबाट सिनेटर बर्नी सेन्डर्सको चुनाव प्रचार अभियानमा एक प्रमुख समर्थकका रुपमा चर्चामा आएकी थिइन् ।