अवैध आप्रवासी रोक्न अमेरिका नक्कली विश्वविद्यालय !

0
Shares

नयाँदिलली,(एजेन्सी)
अमेरिकाको एउटा नककली विश्वविद्यालयमा भर्ना हुन खोजेका १ सय २९ जना भारतिय बिद्यर्थाीहरुलाई पक्राउ गरिएपछि भारतले आइतवार अमेरिका समक्ष कुटनीतिक विरोध गरेको छ ।

मातृभुमि सुरक्षा विभागले अवैध रुपमा पैसा तिरेर अमेरिकामा आप्रवासी बन्ने तरिकालाई भन्डाफोर गर्ने उद्देश्यले मिचिगन राज्यमा भर्ना हुनका लागि आफ्नै एजेन्ट मार्फत युनिभर्सिटी अफ फार्मिंग्टको विज्ञापन गराउन लगाएको थियो । अमेरिकी सरकारी वकिलहरुले सो विश्वविद्यालयमा भर्ना हुने ति भारतिय विदार्थीहरुलाई त्यहाँ प्रवेश लिन खोज्नु अवैध हो भन्ने थाहा भएको ठोकुवा गरेका छन् ।

तर भारतिय अधिकारीहरुले ति बिद्यार्थीहरुले धोका पाएको हुनसक्ने बताएका छन् । शनिवार भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्ति मार्फत दिल्ली स्थित अमेरिकी दुतावास समक्ष उक्त घटना प्रति विरोध जनाउादै हिरासतमा लिइएका तिनीहरुलाई कन्सुलरको सहयोग लिने वयवस्था गराउन अनुरोध गरेको छ ।

अमेरिकी संचार माध्यमका अनुसार स्टुडेन्ट भिसामा अमेरिका प्रवेश गरेर त्यहाँ अवैध ढंगले वसोवास गर्ने विदेशी नागरिकहरुलाई समात्ने प्रयास गर्नका लागि नै सरकार स्वयमले सन् २०१५ सो नक्कली युनिभर्सिटी स्थापना गरेको हो । वेवसाइट मार्फत यस विश्वविद्यालयले वार्षिक शुल्क र शैक्षिक तालिका समेत प्रकासित गरेको थियो ।