एकल पुरुषलाई पनि भत्ता

0
Shares

रामचन्द्र वि.क, रामेछाप
रामेछापको खाँडादेबी गाउँपालिका–३ भिरपानीका २५ जना एकल पुरुषलाई भत्ता वितरण गरिएको छ । वडा कार्यालयले सरकारबाट कुनै पनि शिर्षकमा भत्ता नपाएका वडामा रहेका एकल पुरुषलई नगद पाँच हाजरका दरले भत्ता वितरण गरेको हो ।

विभिन्न कारणले पाङ्गता भत्ता नपाएका ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रति व्यक्ति ६ हजारका दरले भत्ता वितरण गरिएको वडा अध्यक्ष पुस्कर कुमार कार्कीले बताए ।

त्यस्तै ७० वर्ष देखि ८० वर्ष उमेर समूहका तीन सय जना जेष्ठ नागरिकलाई लौरो र ८० वर्ष भन्दा माथी उमेर समूहका ८५ जना जेष्ठ नागरिकलाई लौरो सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई भत्ता वितरण तथा सम्मान गरिएको हो ।

यो कार्यक्रमलाई आगमी वर्षहरुमा पनि निरन्तर रुपमा चलाउने वडा अध्यक्ष कार्कीले बताए ।

वडा अध्यक्ष पुस्कर कुमार कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रेम तामाङको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उपाध्यक्ष मखमली श्रेष्ठ नेपाल पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।