जिप दुर्घटनामा २ जनाको मृत्यु

0
Shares

अनिल खत्री,गुल्मी ।

गुल्मीमा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आइतवार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी गाडी मालिक मुनपा ८ निवासी अन्दाजी ३० बर्षीय ठाकुर सापकोटा तथा मुनपा ८ निवासी नै ५५ बर्षीय पुतली सिङ्ग ठकुरीको निधन भएको स्थानिय सञ्चारकर्मि अनिश गैरेले बताए ।

ग १ च ८३५७ नम्बरको गाडी मैदान चौपारीबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी वामी मैदान बाट वामीटक्सार जाने क्रममा मैदान स्थित चौपारी निरबाट तल खसेको हो ।

दुवै जनाको टाउकोमा चोट लागेको छ । दुर्घटनामा मुनपा ८ निवासी ५५ बर्षीय हरिकला कार्की र बाग्लुङ्ग दगातुम्डाडा घर भइ वामी मैदान दिदी भेट्न आएका १४ बर्षीय कमल कार्की घाइते भएका छन् ।

दुवै जनाको अवस्था गम्भीर रहेको र उनिहरुलाइ वामी मैदान स्थित शहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।