कान्छी श्रीमती भित्राएको आरोपमा २२ बर्षपछि पक्राउ

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
बहुविवाह मुद्धामा दोषी ठहर भइ फरार भएका एक अभियुक्त २२ वर्षपछि फक्राउ परेका छन् । प्रहरीले जितपुर सिमरा उपमहनगरपालिका ३ बस्ने ५२ वर्षीय तुलसीप्रसाद तिमल्सेनालाई पक्राउ गरेको हो ।

२०५२ चैत १९ गते बारा जिल्ला अदालत कलैयाको फैसला आदेशले तुलसीविरुद्ध बहुविवाह मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ कैद फैसला गरेको थियो । त्यसबेलादेखि नै फरार उनलाई इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराबा प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

यसैबीच पर्साको पटेर्वासुगौलीबाट पर्सा प्रहरीले हतियार सहित एकजनालाई पक्राउ गरेको छ । एयरगन बन्दुक सहित स्थानीय अर्जुन राउतलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट १७ थान गोलीको छर्रा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसरी नै पर्सा प्रहरीले लागू औषध सहित वीरगन्ज रानिघाटका रामएकवाल प्रसाद बिन र मकवानपुरका इर्शाक ढुंगाना,वीरगन्जकै शम्भुलाल मियालाई लागू औषध सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।