वन मन्त्री बस्नेतकी भतिजी मृत फेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
ललितपुरमा एक महिलाले आत्महत्या गरेकी छन् । ललितपुरको बालकुमारी स्थित वेस्टर अपार्टमेन्टमा बस्दै आएकी बबिता बस्नेतले आत्महत्या गरेकी हुन् । उनी वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी हुन बुझिएको छ । ्

बबिताको शव उनी बसेको अपार्टमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी परिसर ललितपुर प्रहरीले जानकारी दिएको छ ।