फरार अभियुक्त पक्राउ

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । आठबिसकोट नगरपालिका–१० घारीखोलाका २५ बर्षिय शशिराम बि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घरमा लुकीछिपी रहेको अवस्थामा शनिकार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । डिएसपि खड्काका अनुसार, बिक २०६७ चैत्र २० गते देखि फरार रहेका थिए ।

बिक विरुद्ध परेको बलात्कारको मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत रुकुमले दोषी ठहर गरी ८ वर्ष कैद सजाय तोकेको थियो । अदालतले २०७१ फाल्गुण १२ गतेका दिन उक्त फैसला गरेको थियो । निजलाई आजै अदालतमा दाखिला गरिने प्रहरीले जनाएको छ ।

सम्मानित अदालतको फैसला कार्यान्यन गर्ने कार्यक्रम अन्तर्गत हाल सम्म जिल्ला प्रहरी कार्याक्रम रुकुम पश्चिमले ५ जना फरा अभियुक्त पक्राउ गरेको जनाएको छ । प्रहरकिा अनुसार, २० बर्ष कैद तोकिएका कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त १ जना, जबरजस्ति करणी मुद्धामा ३ जना र बन मुद्धाका १ जना पक्राउ गरिएको छ ।

यसैगरी, मादक पदार्थ सेवन गरी लापरबाहिपूर्वक गाडि चलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक अनुमतिपत्र बिनै अनियन्त्रित रुपमा गाडि चलाउने चौरजहारी नगरपालिका वडा नं. ६ का २० बर्षिय सुवास आग्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ना.५ ख ५०७२ नम्बरको बसका सह चालक रहेका आग्रीलाई सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुरमा कारबाहि भईरहेको डिएसपी सुमित खड्काले बताउनुभयो ।