शहीद परिवारलाई गाउँपालिकाको सम्मान

0
Shares

सलिम अन्सारी, प्युठान
सरुमारानी गाउँपालिकाले शहीद परिवारलाई सम्मान गरेको छ। दसवर्षे द्वन्द्वका बखत राज्य र विद्रोही पक्षबाट मारिएका शहीदका परिवारलाई शहीद दिवसको अवसर पारेर सम्मान गरिएको हो। गाउँपालिकाभित्रका नौ शहीद परिवारलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो।

विभिन्न कालखण्डमा ज्यान गुमाएका पुतला रायमाझी, हरिबहादुर केसी, तिखु मिया, सिमा केसी, हीरा विक, जोखी उलुगें, शुवबहादुर बैजाली, रुमा वुढा, मुसाराम धामीको परिवारलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो। शहीद परिवारलाई दोसल्ला ओढाएर नगद २० हजारसहित सम्मान गरिएको थियो।गाउँपालिकाभित्र १३ जना शहीद छन्। उनीहरू सबै राज्य पक्षबाट मारिएका थिए। अरूलाई सम्पर्कमा ल्याउन धेरै कोसिस गर्दा पनि सम्पर्कमा नआएकाले ९ जना शहीद परिवारलाई सम्मान गरिएको जनाइयो।
शहीद परिवारलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले २०५२ सालदेखि यताका द्वन्द्वमा ज्यान गुमाएका, आफन्त नभएका परिवारहरूलाई सम्मान गरिएको बताए। यो नयाँ सोचका ल्यायौं, उहाँले भन्नुभयो– ‘गाउँपालिकाले गरेको सानो सहयोगले शहीद परिवारलाई राहत हुने विश्वास लिएको छु।

त्यस्तै पालिकाले शहीदहरूको सम्झनामा वडा नंम्बर २ मा शहीद पार्क निमार्ण गर्ने भएको छ। शहीदहरूको सम्झना सधै झल्किरहोस् भन्ने उद्देश्यले गेट निमार्ण गर्न लागिएको उहाँले बताउनुभयो। प्रवेशद्धार निमार्णका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले ५ लाख रूपियाँ रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।