अमृत अर्याल, स्याङ्जा
सातौं वालिङ महोत्सव बिहीबारबाट शुरू भएको छ। महोत्सव वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेका हुन्। महोत्सव १२ दिनसम्म सञ्चालन हुनेछ।
व्यवसायिक चेतना अभिवृद्धि, उत्पादक र उपभोक्ताहरूबीचको सम्बन्ध बिस्तार, हस्तकला व्यवसायको खोजी तथा प्रर्बद्धन गर्ने, कृषिउजको प्रर्बद्धन गर्ने, बजार अनुसन्धान एवं नयाँ वस्तु विकास गर्न अवसरको सृजना गर्ने, आन्तरिक एवं बा≈य पर्यटन प्रर्बद्धन गर्ने, लोक संस्कृतिको जर्गेना गर्ने, सूचना प्रविधिको ज्ञान दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।
‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मुल नारामा आयोजित महोत्सवमा १५ करोड भन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाख बढी दर्शक भिœयाउने लक्ष्य राखिएको संघका अध्यक्ष पौडेलले बताउनुभयो। महोत्सवमा कृषि तथा पशुपंक्षी, सूचना तथा प्रविधि, होटल, फेन्सी तथा कस्टमेटिक, हस्तकला, जुत्ताचप्पललगायतका ४ सय स्टलहरू रहेका छन्।
महोत्सव सम्पन्न गर्न १ करोड ५० लाख ५१ हजार १ सय ११ रूपियाँ खर्च हुने संघले जनाएको छ। ६० लाख बचत गर्ने लक्ष्य रहेको महोत्सवमा प्रतिटिकटको ५ रूपियाँ व्यवसायिक हितकोषमा जम्मा गर्ने, प्रतिटिकटको १ रूपियाँ खेलमैदानको व्यवस्थापन गर्ने र बचत रकमबाट निर्माणधीन बहुउद्देश्यीय सामुदायिक भवनको विकास र नयाँ सचिवालय भवन निर्माण गरिने संघले जनाएको छ।
महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट भएको छ। नेकपा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिनसके मात्रै विकासले गति लिने बताउनुभयो। देशभित्रका व्यवसायीलाई लगानी सुरक्षित छ भन्ने विश्वास नदिलाएसम्म विकासले गति लिन नसकेको उहाँको भनाइ थियो।
‘दलगत राजनीतिक विचार फरक होलान् तर विकासमा एकता आवश्यक छ।’ अध्यक्ष दाहालले भन्नुभयो– ‘विकासमा राष्ट्रिय एकता कायम भए मात्रै हाम्रो अभियानले सार्थकता पाउने छ।’ सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको उहाँको भनाइ थियो।











प्रतिक्रिया